प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै

76
  •  
  •  
  •  

काठमाडौं, १ साउन (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवाताए गर्दैछन् । भारतमा भ्रमणमा रहेका प्रचण्डले शुक्रबार उच्चस्तरीय भेटवार्ता गर्ने उनको सचिवालयले जनाएको छ ।  भेटवार्तामा नेपालको संविधान निर्माण प्रक्रिया, दलहरुबीचको सहमतिका विषयमा जानकारी गराउनुहुनेछ ।

भेटमा भारत र चीनबीचको लिपुलेक सम्झौताका विषयमा पनि छलफल हुनेछ । शुक्रबार नै एमाओवादी अध्यक्ष प्रचण्डले भरातीय राष्ट्रपति प्रवण मुखर्जी, गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता हुनेछ । सुरुमा गृहमन्त्री, त्यसपछि प्रधानमन्त्री र अन्तिममा राष्ट्रपतिसँग भेटवार्ताको समय तय भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

भूकम्पपछिको पुननिर्माणको मोडेल अध्यन गर्न भोलि भारतीय प्रधानमन्त्री मोदीको गृह जिल्ला गुजराज जाने कार्यक्रम पनि तय भएको छ । हिजो भारतीय नेताहरुसँग भेटवार्ता गरि उहाँले राजनीतिक इतिहाँसका केही गल्ती स्वीकार गर्नुभएको थियो ।


  •  
  •  
  •