सिमांकन अन्तिम होइन, आन्दोलन गर्नु आवश्यक छैन् : प्रचण्ड

105
  •  
  •  
  •  

फाईल फोटो
फाईल फोटो

काठमाडौ, २५ साउन(ओएनएस) : एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ प्रदेशको अहिलेको सिमांकन अन्तिम नभएको बताएका छन् ।

नेपाल पत्रकार महास‌ंघको टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले सिमांकनको विषय मिलाउन अझै बाँकी रहेकाले आन्दोलन नै गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।  उनले सिमांकनमा अझै पनि परिमार्जन हुनसक्ने भन्दै चार दलको उच्च तहमा अहिले पनि छलफल भईरहेको बताए ।

सीमांकनलाई अझै व्यवहारिक र वैज्ञानिक बनाउन प्राविधिक र राजनीतिक दुवै तहमा गृहकार्य भइरहेकोले अहिले नै विरोध वा आन्दोलन गर्नु ठिक नभएको प्रचण्डको भनाई छ । सिमांकन सच्याउन मिल्ने भएकाले यसैलाई अन्तिम भनेर जनतालाई भड्काउने काम नगर्न उनले आग्रह गरेका छन् ।

प्रचण्डले अहिले सिमांकनमा भएका विरोध र असन्तुष्टी मस्यौदा आउँदा सच्चिएर आउने समेत बताए । उनले कसैको विरोध वा आन्दोलनले कुनैपनि हालतमा संविधान नरोकिने समेत स्पष्ट पारे ।

नेपाली कांग्रेसका महामन्त्री तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले अहिले कायम गरिएको प्रदेशको सिमांकन अन्तिम नभएकोभन्दै यसबारेमा धेरै विवाद नगर्न आग्रह गरेका छन् । झापा पुगेका सिटौलाले असन्तुष्ट पक्षसँग वार्ता भइरहेको जानकारी दिदै चाँडै सबै पक्ष एकठाउँमा आउने वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् । असन्तुष्ट पक्षलाई मिलाउनु पर्ने भएकाले संविधान भदौको पहिलो साता मात्रै जारी हुनसक्ने बताए ।


  •  
  •  
  •