डा. केसीको अनशनमा प्रचण्डको समर्थन

181
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीको आमरण अनशनमा समर्थन जनाएका छन् । सोमबार विहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेर प्रचण्डले आमरण अनशनमा आफ्नो ऐक्यवद्धता जनाएका हुन् ।

डा. केसी अनशन बसेको स्थलमा १० मिनेट बिताएका प्रचण्डले आगन्तुक पुस्तिकामा समर्थन जानाउँदै लेखेका थिए । प्रचण्डले डा. केसीको आन्दोलनले स्वस्थ्य क्षेत्रमा क्रान्ति गरेको उल्लेख गर्दै केसीको माग जायज भएको जनाएका छन् । प्रचण्डले डा. केसीको मागबारे शीर्ष दलको बैठकमा कुरा राख्ने समेत बताएका छन् ।

गुणस्तरीय चिकित्साशास्त्र, सबैको पहुँचमा चिकित्साशास्त्र, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, विगतमा गरेका सम्झौताको कार्यान्वयन गर्ने लगायतका १० बुँदै माग राख्दै डा. केसी आमरण अनशनमा बसेका हुन् । तस्विर : शिव खकुरेलको फेसबुकबाट

Prachanda meets DR KC


  •  
  •  
  •