एमाओवादी अध्यक्ष दाहाल जुरे पहिरो निरिक्षणमा

275
  •  
  •  
  •  

Prachanda-2काठमाडौं, १ भदौ (ओएनएस) : एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आइतबार सिन्दुपाल्चोकको जुरेमा गएको पहिरो प्रभावित क्षेत्रको अबलोकन गरेका छन् ।

कोषाध्यक्ष हरिबोल गजुरेल र स्थाइ समिति सदस्य अग्नी सापकोटालाई साथमा लिएर गएका दाहालले पहिरोका कारण थुनिएको सुनकोशीको समेत अबलोकन गरेका थिए ।

पत्नी सीता दाहाल सहित सुनकोशी पुगेका अध्यक्ष दाहालले पहिरो पीडितसंग भलाकुशारी गरेका थिए । पार्टी भीत्र तनाव बढेको समय तथा पार्टीका प्रतिवेदन लेख्न उनले सुनकोशी किनाराको सुकुटे आसपासमा रात विताउने गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्ब प्रधानमन्त्री दाहालले पहिरो पीडितको पुनस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । साउन १७ गते गएको पहिरोका कारण झण्डै डेढसय जनाको मृत्यु भएको थियो । तश्वीर सौजन्यः शिव खकुरेल


  •  
  •  
  •