काठमाडौंमा बैठक डाकेर जोमसोम पुगे दाहाल

75
  •  
  •  
  •  

काठमाडौं २६ असोज ।
संयोजक पुष्पकमल दाहाल जोमसोम गएपछि आज बस्ने भनिएको उच्चतरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ ।

सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक दाहाल अनुपस्थित हुने भएपछि स्थगित गरिएको हो ।

जोमसोम पुगेका दाहालले आउन नसक्ने बताएपछि बैठक स्थगित भएको हो ।

खराव मौसमका कारण दाहाल सवार हेलिकप्टर उड्न नसकेको एक एमाओवादी नेताले बताए । आजको बैठकमा समितिको क्षेत्राधिकार र सचिवालय स्थापनालगायतको बिषयमा छलफल गर्ने तयारी थियो ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दाहाल जोमसोमबाट फर्किएलगत्तै बैठक बस्ने बताए ।

समितिमा रहने दलका नेताको नाम अहिलेसम्म टुंगो लागेको छैन् । समितिमा मुख्य दल र मधेसी मोर्चाबाट ३ तथा राप्रपा, नेकपा माले र साना दलबाट एकएक जना प्रतिनिधि राख्ने बताइएको थियो । कान्तिपुरबाट


  •  
  •  
  •