भट्टराईद्धारा पार्टी विघटनको प्रस्ताव

112
  •  
  •  
  •  

काठमाडौं १५ साउन (ओएनएस) :
एकीकृत नेकपा माओवादीभित्र देखिएको विवाद समाधान नहुने दिशातिर उन्मुख भएको छ । विवाद समाधान गर्नका लागि भएका बैठकमा दुबै पक्षले आ आफ्नो अडान दोहोर्याउदै गएपछि विवाद बढेको हो ।नेता बाबुराम भट्टराइले पार्टी विघटन गरेर विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेपछि विवाद थप थुलिएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेता भट्टराईले पार्टीमा समस्या देखिएको भन्दै पार्टीलाई विभाजन गरौं, विधि नमानौं र विघटन गरौं भन्ने प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेपछि विवाद समाधान हुने संभावना न्युन हुँदै गएको एक नेताले बताए ।

पार्टीको विधिविपरित पार्टीलाई विघठन गरौ भन्ने प्रस्तावले पार्टीलाई राम्रो नगर्ने भन्दै ती नेताले भट्टराईले प्रचण्डलाई अप्ठ्यारो पार्ने काम गरेको बताए । बाबुराम पक्षले भने पार्टीको विचार भट्टाईको भएपनि सधै कर्नरमा पार्ने काम भएकाले विघठनको प्रस्ताव राखेको बताएको छ । स्रोतका अनुसार भट्टराइ पक्षले ७५ वटा जिल्लामै समानान्तर कमिटि गठन गदैैछन् ।
नेपाल समाचारपत्र


  •  
  •  
  •