एमाओवादी विवाद ‘विभाजन’मा धकेलिदै

208
  •  
  •  
  •  

काठमाडौं १३ साउन (ओएनएस) : एकीकृत माओवादीको विवादको समाधान पर धकेलिदै गएको छ । हेटौडा महाधिवेसनबाट पार्टीको नयाँ नेतृत्वचयनसँगै सुरु भएको विवाद झन बढ्दै गएको छ । मंगलबार सहमतिका लागि निणर्यक भनिएको बैठक कुनै निर्णय नगरि सकिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवासमा बसेको विवाद व्यवस्थापन समितिको बैठक बिना निश्कर्ष पछि बस्ने गरि सकिएको छ ।

बैठकमा भट्टराईले बनाएका समानान्तर समितिका विषयमा प्रचण्डपक्षले आपत्ति जनाएको छ भने भट्टराई पक्षले विचारको बहस भनेको छ । पार्टीको नीति, विचार र कार्यदिशामा कुरा नमिल्दा सहमति हुन नसकेको नेता टोपबहादुर रायमाझिले जानकारी दिए । बैठकमा दाहाल पक्षबाट उपाध्यक्ष पोष्टबहादुर बोगटीले अहिलेकै सांगठनिक संरचनालाई  स्वीकार  गर्नुपर्ने प्रस्ताव राखेपनि भट्टराई पक्षले अस्वीकार गरेको छ । बुधवार बैठक फेरि बस्ने सहमति भएको छ।

विवाद समाधान समितिमा अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिव कृष्णबहादुर महरा तथा बाबुराम भट्टराई र टोपबहादुर रायमाझी छन् ।


  •  
  •  
  •