‘सहमति पालनाको ग्यारेण्टी भए मात्र संविधानसभा’

154
  •  
  •  
  •  

prachandaनवलपरासी, ५ बैशाख(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको पालना गर्ने ग्यारेण्टी भए मात्र संविधानसभा बैठकमा सहभागी हुने बताएका छन् ।

नवलपरासीको डण्डामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेकै अवस्थामा बैठकमा जानुको कुनै औचित्य नहुने बताउदै प्रचण्डले अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौताको पालना गर्ने ग्यारेण्टी सत्तापक्षीय दलले दिनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा प्रचण्डले आफ्नो दललाई शान्ति प्रक्रियामा ल्याउने गिरिजाप्रसाद कोइरालाको मृत्यु भईसकेको र एमाले नेता माधव कुमार नेपाल पार्टीको शक्तिमा नरहेकाले अहिले नेतृत्वमा रहेका ती दलका नेताले पुराना सम्झौतालाई उलङ्घन गर्न खोजको आरोप लगाएका छन् ।

सम्झौतामा पहिचान र सामथ्र्यका आधारमा प्रदेश बनाउने स्पष्ट किटान भएकोले, प्रदेशको सङख्यामा भन्दा त्यसको स्वरुपमा कुरा अड्कीएको प्रचण्डले दाबी गरेका छन् । आफ्नो पार्टी संविधानसभाबाटै संविधान चाहेको र पछिल्लो समयमा काँग्रेस एमालेसँग वार्ता पनि भईरहेकोले सहमति जुट्नेमा विश्वास रहेको प्रचण्डले उल्लेख गरे ।

उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक माओवादीको मुद्दा भए पनि अहिले सत्तामा रहेको कांग्रेस र एमालेलाई त्यसलाई स्वीकार गर्न पनि नसकेको र विरोध पनि गरिहाल्न नसकेको कारण सहमति नभएको बताए । उनले कांग्रेसको एजेण्डामा एमाले लुरुलुरु हिडेकाले समस्या थपिएको समेत दावी गरेका छन् ।


  •  
  •  
  •