पुनःनिर्माणको गति बढाउनुपर्छ : अध्यक्ष प्रचण्ड

135
  •  
  •  
  •  

Prachandaललितपुर, १३ बैशाख(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनःनिर्माणको कामलाइ तिव्रताका साथ अगाडि बढाउनुपर्ने बताएका छन् ।

ललितपुरमा आयोजित पुनर्निर्माण सम्बन्धी कार्यक्रममा अध्यक्ष प्रचण्डले पुनःनिर्माणको कार्य ढिलो भएकाले नेपाली जनताले कठिनाई भोग्नु परेको बताएका छन् । उनले जिम्मेवार राज्य र सचेत नागरिकबाट नै राष्ट्रिय एकता मजबुत हुने भन्दै निर्माणको कामलाई माथि उठाउन सहज हुने उल्लेख गरेका छन् ।

उनले पुनःनिर्माणको काम सुरू गर्दा आफू निकै भावुक र गम्भिर भएको भन्दै नकारात्मक परिघटनाहरूलाई सकारात्मक रूपले निर्माण गर्नुपर्ने भनाई राखेका छन् ।

यस्तै उनले भूकम्पले ध्वस्त भौतिक सम्पदाहरुको पुनःनिर्माणको कार्य चुनौतिपूर्ण रहेको बताए । उनले मानव सभ्यताको विकास अभिव्यक्त गर्ने ऐतिहासिक धरोहरको निर्माण सहज नभएको र त्यसलाई भूकम्प प्रतिरोधी बनाउनु झन् कठिन रहेको बताएका छन् । पुनःनिर्माणका क्रममा ती धरोहरलाई कसरी मजबुत बनाउने भन्ने सम्बन्धमा पनि ख्याल गर्नुपर्ने उनको धारणा थियो ।


  •  
  •  
  •