‘कांग्रेस एमाले फरक पार्टी होइनन्, एमालेलाई कांग्रेसमा विलय गराइदिए हुन्छ’

144
  •  
  •  
  •  

prachandaकाठमाडौ, १६ फागुन(ओएनएस) : प्रचण्डले भाषण गदैं भने, ‘कांग्रेस एमाले सच्चिएनन् भने पनि देश बर्बाद हुँदैन, बरु जनताको हातमा सुरक्षित रहन्छ ।’ हेनुहोस् उनको भाषण जस्ताको तस्तै ।

मधेस तराई पहाड हिमाल पूर्व, पश्चिम सबैतिरबाट आउनुभएका आमाबुवा सबैलाई अभिवादन ।

पाँच बजिसक्यो, रात परिसक्यो तर, पनि बसिरहनुभएको छ । यसल विगतमा यहाँ आउनेहरु अराजक हुन्छन् भनेर प्रचार गरिएको थियो । तपाईहरुको अनुशासित व्यवहारले त्यस्तो आरोप लगाउनेहरुलाई गतल सावित गरिदएको छ । यसका लागि म तपाइहरुलाई बधाइ दिन चाहुन्छु ।

बानेश्वरमा भद्र र शान्तिपूर्ण आन्दोलनमाथि अश्रुग्यास प्रहार गर्दै दमन गरिएको छ । यो सरकारको कायरतापूर्ण कदम हो । दमनका कारण सायौंको संख्यामा घाइते भए‍का बहादुर योद्धाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

मैले सरकार र गृहमन्त्रीसँग शान्तिपूर्ण आन्दोलन गर्न लागेको जनाएको थिए । तरपनि शान्तिपूर्ण आन्दोलनलाई भड्काउने प्रयास भयो, यो सरकारको कायरताको परिणाम हो ।

अब म एउटा तर्क गर्न चाहन्छु, यो संविधानसभा मंसिर ४ को चुनावबाट आएको होइन । यो संविधानसभा देशका सबैखाले जाति र श्रमिकहरुको अथक परिश्रम र मेहनतबाट आएको हो ।

कांग्रेस एमालेले यो मंसिर ४ गतेको चुनावबाट आएको ठाने यो गंभीर भूल हो । कांग्रेस-एमालेले चुनाव रोक्न अनेक अफवाह फैलाएका थिए । त्यसका बाबजुत जनताको रगत र पसिनाको बलमा आएको हो ।

संविधानसभा संसद् होइन त्यहाँ बहुमत र अल्पमतको खेल हुन हुन्दैन, भयो र जनताको मतलाई रोक्न खोजियो भने, त्यहाँ विस्फोट हुन्छ, म खबरदारी गर्छु खबरदार कांग्रेस एमाले त्यो विष्फोटले तपाईलाई भस्म बनाइदिने छ ।

यदी संविधानसभा हजारौं शहिद, बेपत्ता, योद्धा र सबै क्षेत्र र जातिका नागरिकको भनेर स्वीकार गर्नुभएन भने अब हाम्रो विद्रोहको सभा हुने छ । पहिले सरसल्लाह सभा गर्यौं हेप्नुभयो, आजको खबरदारी सभालाई पनि हेप्नुभयो भने विद्रोहसभा हुन्छ, त्यसलाई कसैले रोक्न सक्दैन ।

पहिला सभा गर्दा अन्तराष्ट्रिय मिडियाले २२ दलका २२ सय भने आज के भन्दा रैछन् म सुन्छु आज बेलुका ।

अब यस्तै सभा जिल्ला-जिल्लामा हुन्छन्, यो आवाज सुनिएन भने जिल्ला-जिल्ला कब्जा गछौं के गछौं त्यतिबेला कांग्रेस एमाले ?

यसलाई रोक्न खोजियो भने म ३० दलीय नेतालाई साच्छी राखेर भन्न चाहन्छु त्यसो गरियो भने देश बर्बाद हुन्छ भन्दीन बरु जनताको कब्जामा रहन्छ, सुरक्षीत हुन्छ ।

कांग्रेस एमाले अलग्गै पार्टी होइनन् । पार्टी हुनलाई विचार र सिद्धान्त चाहिन्छ, संविधानसभा चुनाव अघि एमाले किन थियो भने एमालेले प्रत्यक्ष निवाचित कार्यकारीले साशन गर्ने लेखेको थियो । संसदीय व्यवस्था नैं मान्ने हो भने एमाले किन चाहियो ।

गिरिजाप्रसादलाई म उच्च मुल्यांकन गर्दिन । तर, शान्ति संझौताको हस्ताक्षरकर्ता हुनुको नाताले फेरी सम्झन्छु, उहाँ नहुँदा कांग्रेस एमालेका नेताले सम्झौताको मर्म बुझेनन् । अब बुझेनन् भने गंभीर दुर्घट्ना हुनेछ ।

कांग्रेस एमालेले मधेसीलाई नेपाली ठान्दैनन् लिम्बु, थारु कसैलाई नेपाली ठान्दैनन्, के स्वायत्त मधेस दियो भने देश विखन्डन हन्छ ?अवस्य हुँदैन । मैले कांग्रेस एमालेलाई तपाइले मधेसी र पहाडीलाई छुट्टाउनु भयो, भनेको छु । एकलजातीय राज्य राजा महाराजाका पालामा थियो । अहिले त्यसलाई कांग्रेस एमालेले प्रतिनिधित्व गर्छन् ।

हामी सहमति भन्दैछौं । म अन्तिम पटक आग्रह गर्छु संविधानसभाको प्रक्रिया खारेज गर्नुस्, गर्नुहुन्न भने यो राष्ट्रघाति कदम नसच्याउने हो भने परिणाम भोग्न तयार भएर बस्नुस् ।

सहमति गर्न तयार हुनुहुन्छ भने भोली देखि वार्ता सुरु हुन्छ, होइन जंगेले बोलेपछि बोलो भन्ने हो भने जनता महाजंगे भएर आउछन् हेर्दै गर्नुहोला ।

गिरिजाबाबुले किन संझौता गरेको, माधव नेपाल प्रचण्ड खोज्दै खोज्दै हिडेको भन्ने बुझेनन् भने म मर्न तयार छु तर कांग्रेस एमालेसँग झुक्न तयार छैनन् ।

म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु तपाई आफ्ना मन्त्रीहरुलाई किन कारवाही गर्नुहुन्न ? कारवाही गर्न सक्नुहुन्न भने किन राजिनामा दिनुहुन्न ?

सात वर्षकी बालिकालाई बलात्कार भयो, कारवाही हुन सकेको छैन, बलात्कारीलाई फाँसी दिने कानुन ल्याउनुपर्यो ।

ग्यासको अभाव भएको यत्रो समय भयो, सरकार व्यवस्था गर्न सक्दैन, राजिनामा दिन पनि तयार छैनन् ।

सिमरामा सेवा केन्द्र खोल्ने निर्णय जनतामा झगडा पार्ने नीति हो । हामीले पनि जनताका घर दैलोमा सेवा पुयाउनु पर्छ भनेको हो तर, आन्दोलनका मुखमा यस्तो निर्णय गरेर जनतालाई जुधाउने काम गरेकाले हाम्रो विरोध हो ।


  •  
  •  
  •