संविधानमा देखिएको गतिरोध चाँडै अन्त्य : प्रचण्ड

197
  •  
  •  
  •  

काठमाडौँ, १२ चैत(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा देखिएको गतिरोध चाँडै अन्त्य हुने बताएका छन् ।

वीरगञ्ज शुक्रबार सुरू भएको व्यापार मेलाको उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएपछि मधेसका मागहरू सहमतिबाट समाधान गरिने बताएका छन् ।

उनले मधेसी मोर्चाले उठाएका सिमांकन, समानुपातिक समावेसी प्रतिनिधित्व र नागरिकता मागहरुमा सहमति जुटाएर संसोधन प्रक्रियामार्फत अगाडी बढाउने गृहकार्य गरिरहेको बताए । उनले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकको हैसियतले आफू मधेसी मोर्चासँग सहमतिका लागि तयारी गरिरहेको बताएका छन् ।

उनले मधेसी मोर्चाले पेश गरेको ११ बुँदे मागहरुमा धेरै जसो पुरा गर्न सकिने खालको रहेको र निकासको लागि आफू आशावादी भएको बताए ।

संविधान भनेको गतिशील दस्तावेजको रुपमा रहने भएकोले त्यसमा परिमार्जन गरेर अगाडी बढ्न सकिने बाटो नछेकिएको बताउदै यसै संविधानमा सबैको अधिकार सुरक्षित हुने उनले बताए ।

उनले आफू मधेसका जायज मागहरुको पक्षमा सबभन्दा बढी वकालत गर्ने नेता भएको उनको दावी थियो । यति हुदाहुँदै पनि वीरगन्जमा आफूलाई कालो झण्डा देखाएर बिरोध गरिएकोमा उनले दुख ब्यक्त गरे ।


  •  
  •  
  •