प्रचण्डको यस्तो चेतावनी

123
  •  
  •  
  •  

काठमाडौं, २१ असोज (ओएनएस) : विवादित विषयमा सहमति जुटाउने अन्तिम दिन संवाद समितिमा सबै दलका शीर्ष नेता सहभागी थिए ।

सबैको चाहना विवादित विषयमा सहमति होस भन्ने भएपनि उनीहरुको प्रस्तुति हेर्दा भने कोही पनि सहमतिको पक्षमा भएको जस्तो लाग्दैन थियो । मुख्य रुपमा संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा न्यायप्रणालिका विषयमा दलहरुबीच कुरा मिलेको थिएन र उनीहरुले अन्तिम बैठकमा पनि आफ्नो दलीय अडानबाट पछि हट्ने संकेत देखाएनन् ।

सबै दल आ–आफ्नो अडानमा रहेपछि एमाओवादी अध्यक्ष प्रचण्डलाई समितिका एक जना सदस्यले प्रश्न गरे । ‘तपाई मोर्चा बन्दी गर्दै हिँड्नु भएको छ । यस्तो कामले कसरी निर्धारित समयमा संविान जारी गर्न सकिन्छ ?’ प्रचण्डले जवाफ दिइहाले माघ ८ मै संविधान जारी सहयोग गर्न मोर्चा गठन गरिएको हो । तर, यसलाई कम आँकियो भने राम्रो हुँदैन ।’

प्रचण्डले सबैले बुझ्ने भाषामा प्रक्रियाबाट संविधान जारी गर्ने प्रयास भए त्यसलाई मोर्चाले निस्तेज पार्ने चेतावनी दिए । सोमवार मात्र प्रचण्डको नेतृत्वमा २२ दलले सहमतिबाटै संविधान जारी गर्नुपर्ने भन्दै दबाब दिन विरोधका कार्यक्रम नै सार्वजनिक गरिसकेका छन् ।


  •  
  •  
  •