काठमाडौं २४ मंसिर (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड वार्तामा सक्रिय भएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठक स्थगित गरेर उनले बिहीबार बिहानै देखि भेटवार्ता सुरु गरेका छन् । आजै बोलाइएको संसद बैठक अघि सहमति जुटाउने प्रयासमा भेटवार्ता थालेको उनको सचिवालयले जनाएको छ ।
राजनीतिक समितिका संयोजक समेत रहेका प्रचण्डले आजै विहान बुढा निलकण्ठ पुगेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई भेटेका छन् ।
त्यसपछि प्रचण्डलाई नेपाली काग्रेसकै महामन्त्री कृष्णप्रसाद सिटौलाले गएर भेटवार्ता गरेका थिए ।
राजनीतिक समितिका संयोजक समेत रहेका प्रचण्डले आज मधेसी मोर्चाका संयोजक तमलोपाका अध्यक्ष महन्त ठाकुरसँग पनि भेटवार्ता गर्नेछन् । तमलोपा अध्यक्ष ठाकुरसँग यसअघि सारेको तीन४ बुँदे सहमति र सीमांकनका विषयमा छलफल केन्द्रित हुनेछ ।