संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्न प्रचण्डलाई सुझाव

184
  •  
  •  
  •  

काठमाडौ, ६ बैशाख (ओएनएस) : एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युटिष्ट पार्टीका स्याङ्न्झी प्रान्त सेक्रेटरी झोये झेन्याङबीच भेटवार्ता भएको छ  ।

प्रचण्डनिवास लाजिम्पाटमा आइतबार बिहान भएको भेटवार्तामा सेक्रटरी झान्याङले निर्माण प्रक्रियामा प्रचण्डलाई नेतृत्वदायी भूमीका खेल्न  आग्रह गरेका छन् । उनले सबै राजनीतिक दललाई सहमतिमा संविधान निर्माण गरी देशलाई आर्थिक विकासतर्फ लैजान समेत सुझाव दिएका छन् । सहमति गर्नमा प्रचण्डले पहलकदमी पाइल चाल्नु पर्ने उनको आशय गरेको थियो ।

भेटकैक्रममा उनले नेपाल–चीनको असल छिमेकी मुलुक भएको भन्दै नेपालको उन्नतिका लागि चीनले सक्दो सहयोग गर्ने आश्वासन दिएको भेटवार्तामा सहभागी एमाओवादी नेता अग्नि सापकोटाले बताए ।

भेटवार्तामा प्रचण्डले सेक्रेटरी झान्याङलाई नेपालको समसामयिक राजनीति र संविधान निर्माण प्रक्रियाबारे जानकारी गराउँदै सहमतिकै आधारमा संविधान निर्माण गरिने बताएको नेता सापकोटाले बताए ।

नेपाल एक चीन नीतिमा अडिग रहेको भन्दै नेपाली भूमि प्रयोग गरी हुने चीनविरोधी गतिविधि हुन नदिने प्रचण्डले आश्वासन दिए ।


  •  
  •  
  •