प्रचण्डको हत्या योजना भएको भन्ने आरोप लगाउनेलाई कारवाही

473
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : एमाओवादीका पोलिटब्युरो सदस्य तथा सभासद प्रभु शाहले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या योजना बनाएका भन्ने समाचारको खण्डन गरेको छ ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य एवं सभासदसुरेन्द्र प्रसाद जयसवाल लगायतले पत्रकाररहरु बीच साहले पार्टी अध्यक्ष प्रचण्डलाई हत्या गर्न गिरोह परिचालन गरेको भनेर मिडियाहरुमा आएको खबरप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा उक्त खबर निराधार र भ्रामक प्रचारवाजीलाई पूर्ण रुपमा अस्वीकार गरिएको छ । विन्देश्वर यादवलाई कारवाही प्रकरण समेतको आवश्यक छानविन गरी पार्टी पद्धति अनुसार समुचित कारवाहीको प्रक्रिया अगाडि बढाइने एमाओवादीले जनाएको छ ।

Press Baktabya 2071-12-18


  •  
  •  
  •