एकीकृत माओवादी अध्यक्ष प्रचण्ड चीन जादै

162
  •  
  •  
  •  

काठमाडौं ९ चैत (ओएनएस) :  एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज प्रचण्ड चिन भ्रमणमा जान लाग्नु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा प्रचण्डको चीन भ्रमण तय गरिएको हो । प्रचण्ड चिनको दक्षिण पश्चिम युनान प्रान्तको कुन्मिङ सहरमा  हुने कार्यक्रममा सहभागी हुने  त्याहा जान लागेका हुन् ।

प्रचण्ड करिब एक साता चीन भ्रमणमा रहनेछन् ।  दिउँसो तीन बजे प्रचण्डसँगै पार्टी महासचिव कृष्णबहादुर महरा पनि चिन जादैछन् ।

भावि संविधान निर्माणमा चिनको चासो बढेका बेला प्रचण्डको भ्रमणलाई महत्वका साथ हेरिएको छ । पार्टी नेता डा बाबुराम भट्टराई भारतबाट फर्केको केही सातामै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीजान लागेका हुन । बिहान चीन जानुअघि राष्ट्रपति डा रामबरण यादवसँग छलफल गर्दैछन् । छलफलमा चीन यात्रासँगै संविधाका विवादित विषयमा पनि छलफल हुनेछ । । भ्रमण सकेर चैत १३ गते प्रचण्ड स्वदेश फर्कने कार्यक्रम छ ।


  •  
  •  
  •