प्रचण्डको चेतावनी : सहमतिमा संविधान जारी नभए संविधानसभाबाट बाहिरिन्छौ

128
  •  
  •  
  •  

prachandaकाठमाडौं, ४ चैत (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले सहमतिमा संविधान जारी गर्न सहमत नभए संविधानसभा नैं छोड्ने चेतावनी दिएका छन् । संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्बाङले डाकेको बैठकमा अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन् ।

‘हामीले निर्णय नैं गरिसकेका त छैनौ तर, पेलेर नै जाने अवस्था आयो भने निर्णय गर्न बाध्य हुन्छौ’ प्रचण्डले भने, ‘संविधानसभा क्रान्ति र आन्दोलनबाट होइन बहुतबाट आएको हो भन्ने बुझियो भने गम्भीर दुर्घटना हुन्छ ।’ उनले चुनावबाट भन्दा पनि क्रान्ति र जनआन्दोलनबाट संविधानसभा आएको तर्क गरे ।

शीर्ष तहको बैठक रादिएकोमा सभामुखप्रति अनुग्रहित भएका प्रचण्डले सभामुखको स्पिरिट राम्रो भएपनि कांग्रेस–एमाले जिम्मेवार नहुँदासम्म सहमति नहुने दाबी गरे । ‘सहमतिका लागि कुनै जटिलता पनि छैनन्, सहमतिको विपक्षमा पनि कसैका तर्क आएका छैनन्’, उनले भने, ‘तर मलाई अचम्म लागि रहेको छ सहमति पहेलि बनिरहेको छ, ।’

उनले आज पनि दुबै पक्षले सहमतिका लागि तयार रहेको बताएको जानकारी दिदै कांग्रेस एमालेले दुई तिहाईको दम्भ त्यागेर नआउँदासम्म सहमति नहुने पनि बताए । प्रचण्डले सभाध्यक्षले शीर्ष नेताहरुको वार्ता राखेकोमा खुसी व्यक्त गर्दै यो स्पिरिट कायम राख्न आग्रह गरे । भने ‘सभाध्यक्षको स्पिरिट राम्रो छ, यसलाई निरन्तरता दिने हो भने सहमतिका लागि वातावरण बन्न सक्छ ।’


  •  
  •  
  •