प्रचण्ड किन असुरक्षित ?

272
  •  
  •  
  •  

काठमाडौं ९ फागुन (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही क्वार्टरहरूमा आफूमाथि भौतिक आक्रमणको योजनाबारे चर्चा चलेको भन्दै आफू असुरक्षित रहेको बताए । उनले आफ्नो सुरक्षा चिन्ता प्रकट गरेको यो मात्र पहिलोपटक होइन । यसअघि पनि पटकपटक खुला रुपमा आफूमाथि आक्रमण प्रयास भइरहेको बताउँदै आएका छन् ।

prachanda-960
प्रश्न उठ्छ, उनी किन असुरक्षित छन् ? कोबाट असुरक्षित छन् ? र, उनी किन यस्तो बोल्दै हिँड्छन् ?
केही समयअघि प्रचण्डले सभामुख सुवास नेम्वाङसँग भनेका थिए,‘मलाई राति निद्रा पर्दैन । कहिलेकाहीँ निद्राबाट ब्यूँझन्छु र त्यसपछि सुत्न सक्दिनँ । जनयुद्धमा त्यत्रो १४ हजार नेपाली मारिएका छन् । आखिर के भयो त ? संविधान जारी गर्ने समयमा म कहाँनिर हुन्छु ? मेरो भूमिका के हुन्छ भनेर पनि जनताले हेरिरहेका हुनेछन् ।’

‘उहाँ (प्रचण्ड) आफै कहिलेकाहीँ मलाई हेग लैजान्छन् भन्नुहुन्छ । आर्थिक अनियमिततामा फसाउँछन् भन्नुहुन्छ । त्यसैले कहीँ न कहीँ, केही न केही उहाँको कमजोरी छ भन्ने देखिन्छ ।’
‘वैद्य समूह, विप्लव समूह अलग भए । पार्टी फुटेको फुट्यै छ । आफ्नै पार्टीभित्र पनि अन्य नेताहरु उहाँको पछि लाग्ने स्थिति अहिले देखिइरहेको छैन । त्यसले पनि उहा“लाई विचलित बनाएजस्तो लाग्छ,’ कोइराला थप्छन् ।

सभामुख नेम्वाङले त्यो कुरा प्रधानमन्त्री सुशील कोइरालाकहाँ पुर्याइदिए । कोइरालाले अन्य नेताहरूलाई सुनाए । उनको त्यो भनाइ विभिन्न अर्थमा लिइयो ।  एक, जनयुद्धमा बगेको रगतको तुलनामा राष्ट्रका नाममा उपलब्धि भएको देखाउन नपाएका उनी चिन्तित छन् ।

दुई, कांग्रेस–एमालेले पेलेर जाने भएपछि उनी आफ्नो हैसियतप्रति चिन्तित छन् । र, कम्तीमा संविधान निर्माण हुँदाका बखतसम्म उनी कुनै राजकीय भूमिकामा रहन चाहन्छन् । प्रचण्डसँग निकट सम्बन्ध रहेका कतिपय नेताहरूका भनाइमा, उनी भित्री द्विपक्षीय वार्ताहरुमा पनि यस्तै चिन्ता व्यक्त गर्दै आएका छन् । आफू असुरक्षित रहेको र राज्यको कुनै भूमिकामा नहरेमा जुनसुकै बेला आफूमाथि आक्रमण हुन सक्ने सम्भावना रहेको उनले बताउँदै आएका छन् ।

prachand_in_rolpa_ransiदिल्ली वार्तादेखि उनको निकट रहेका कांग्रेस नेता शेखर कोइराला प्रचण्डको सुरक्षा चिन्ताबारे भन्छन्, ‘उहाँ (प्रचण्ड) आफै कहिलेकाहीँ मलाई हेग लैजान्छन् भन्नुहुन्छ । आर्थिक अनियमिततामा फसाउँछन् भन्नुहुन्छ । त्यसैले कहीँ न कहीँ, केही न केही उहाँको कमजोरी छ भन्ने देखिन्छ ।’
‘वैद्य समूह, विप्लव समूह अलग भए । पार्टी फुटेको फुट्यै छ । आफ्नै पार्टीभित्र पनि अन्य नेताहरु उहाँको पछि लाग्ने स्थिति अहिले देखिइरहेको छैन । त्यसले पनि उहा“लाई विचलित बनाएजस्तो लाग्छ,’ कोइराला थप्छन् ।

एमाले नेता शंकर पोखरेल प्रचण्डको यस्तो अभिव्यक्ति सेन्टिमेन्टल ब्याकमेलिङको संज्ञा दिन्छन् । ‘उहाँले केबाट असुरक्षा महसूस गर्नुभएको हो, त्यो कुरा राज्यसँग भन्नुपर्छ,’ पोखरेल भन्छन्, ‘उहाँलाई कसैले धम्की दिएको छ कि ? कसैले थर्काएको छ कि ? कुन शक्तिसँग उहाँ डराइरहनुभएको छ, त्यो कुरा उहाँले भन्नुपर्छ ।

तर, उनी बाह्य कारणलेभन्दा पार्टीभित्रैबाट बढी असुरक्षा महसूस गरिरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘माघ ६ गते संविधानसभाबाट नाराबाजि गर्दै निस्कनुयो । संविधानसभाकै गेटबाहिर उहाँलाई लछारपछार पारियो । जनाद्र्धन शर्माको टाउको फुट्यो । बिजुलीबजारमा गएर बाबुराम (भट्टराई)ले भाषण गर्नुभयो । के हो यो ?’

संविधानसभा, संवैधानिक समितिका पूर्वसभापति नीलाम्बर आचार्य पनि प्रचण्ड बाह्य कारणले भन्दा बढी पार्टीभित्रैबाट असुरक्षित रहेको ठान्छन् । ‘पार्टीभित्र चर्का कुरा गर्ने प्रतिस्पर्धा चलेजस्तै छ,’ आचार्य भन्छन्, ‘अहिले जेजति राजनीतिक समस्या देखिएको छ, त्यो सबै एमाओवादीको आन्तरिक द्वन्द्वले मच्चिएको रडाको हो । एउटा पक्षलाई पार्टी कमजोर हुँदै जाँदा नयाँ शक्ति निर्माण गर्ने बाटो खुल्छ भन्ने लागेको होला । त्यसैले त्यो पक्ष सकेसम्म नेतृत्वलाई गलत काम गर्न उक्साउने, अप्ठेरोमा पार्ने, गलत कामहरुको अपजसको भागीदार बनाउने ध्याउन्नमा लागेको देखिन्छ । प्रचण्डका लागि सबभन्दा ठूलो सुरक्षा चुनौती यही हो ।’

एमाओवादी नेता दीनानाथ शर्मा भने अध्यक्ष प्रचण्ड माथिको सुरक्षा थ्रेटलाई राज्यले जिम्मा लिनुपर्ने बताउँछन् । पार्टीभित्रबाट सुरक्षा थ्रेट रहको भन्नु गैर जिम्मेवारीपन र सुरक्षा थ्रेटलाई गम्भिर रुपमा नलिनु रहेको उनको टिप्प्णी छ ।

एमाले नेता शंकर पोखरेल प्रचण्डको यस्तो अभिव्यक्ति सेन्टिमेन्टल ब्याकमेलिङको संज्ञा दिन्छन् । ‘उहाँले केबाट असुरक्षा महसूस गर्नुभएको हो, त्यो कुरा राज्यसँग भन्नुपर्छ,’ पोखरेल भन्छन्, ‘उहाँलाई कसैले धम्की दिएको छ कि ? कसैले थर्काएको छ कि ? कुन शक्तिसँग उहाँ डराइरहनुभएको छ, त्यो कुरा उहाँले भन्नुपर्छ । उहाँको सुरक्षाको चिन्ता गर्ने काम राज्यको हो ।’

photo-21
एमाओवादी नेता दीनानाथ शर्मा भने अध्यक्ष प्रचण्ड माथिको सुरक्षा थ्रेटलाई राज्यले जिम्मा लिनुपर्ने बताउँछन् । पार्टीभित्रबाट सुरक्षा थ्रेट रहको भन्नु गैर जिम्मेवारीपन र सुरक्षा थ्रेटलाई गम्भिर रुपमा नलिनु रहेको उनको टिप्प्णी छ । ‘उहाँ अध्यक्ष ज्यू(प्रचण्ड)ले आफुलाई मार्नेसम्मको सूचना आएको किन बताए ? कोही मान्छेले आफुलाई सुरक्षा खतरा बढ्यो त्यसै भन्छ?’ शर्माले भने, ‘त्यसलाई गम्भीर रुपमा लिनुको सट्टा उल्टै कुप्रचार गर्ने कुरा नै गम्भीर हो । ’

तर, प्रचण्डले मदन भण्डारी, राजा वीरेन्द्रको परिवारको कसैले सुरक्षा गर्न नसकेको कुरा पनि यसअघि सार्वजनिक रुपमा व्यक्त गरेका छन् । त्यसप्रकारले आफूमाथि षड्यन्त्र भइरहेको उनको आशंका छ । के त्यस्ता षड्यन्त्र चिर्न पनि नेपाल राज्य सक्षम छ त ? ‘उहाँ (प्रचण्ड)ले अहिले पनि प्रधानमन्त्री बराबरकै सुरक्षा सुविधा लिइरहनुभएको छ । विगतका कुनै पनि विपक्षी दलका नेताले नपाएको सुरक्षा सुविधा उहाँले पाउनुभएको छ । कुनै पनि पूर्वप्रधानमन्त्रीले नपाएको सुविधा बाबुरामजीले पाउनुभएको छ । थप आवश्यक परेमा राज्यले बन्दोबस्त गर्छ । उहाँ आत्तिहाल्नुपर्ने अवस्था छैन ।’

के प्रचण्ड राष्ट्रपति वा प्रधानमन्त्री बनेमा सुरक्षित हुन्छन् ? कांग्रेस नेता शेखर कोइराला भन्छन्,। ‘राष्ट्रपति उहाँ कति दिनलाई बन्ने हो ? जुनीभर बन्न सक्नुहुन्छ ? चार–पाँच वर्ष राष्ट्रपति भएमा सुरक्षित हुन्छु भन्ने मानसिकता हो भने राष्ट्रपतिबाट हटेको दिन उहाँ के गर्नुहुन्छ ?’

विस्तृत शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा आएका प्रचण्डलाई कांग्रेस–एमाले वा अरु कुनै पनि शक्तिले प्रचण्डलाई गम्भीर मानवताविरोधी अपराधको अभियोगमा अन्तर्राष्ट्रिय अदालत, हेग लैजान नसक्ने कोइरालाको भनाइ छ । ‘उहाँ ढुक्क हुनुभए हुन्छ । कसैले उहाँलाई हेग लैजाँदैनन् । कांग्रेस–एमालेले झनै लैजाँदैनन् । किनभने, उहाँ पनि एक परिवर्तनकारी आन्दोलनका नेता हो । सहयात्री हो । तर, उहाँले राजकीय पद पाउने कुराचाहिँ अहिले होइन, दूरदराजसम्म पनि सम्भावना देखिँदैन ।’


  •  
  •  
  •