प्रधानमन्त्री र आरती साहको परिवारबीच भेट

82
  •  
  •  
  •  

काठमाडौं । प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आरती साहको परिवारबीच भेटवार्ता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पहलमा साहको परिवार बुधबार बालुवाटार पुगेका थिए । भेटमा आफूहरुले न्यायका लागि गर्नु परेको संघर्षबारे प्रधानमन्त्रीलाई जानकारी गराएको आरतीका भाइ प्रेमले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले न्यायका लागि पहल गर्ने आश्वासन समेत दिएको प्रेमले जानकारी दिए । जनकपुरकी आरतीको हत्या भएको परिवारको दाबी छ । परिवारले निरन्तर धर्ना दिएपछि मुद्दा दर्ता भएर उनका श्रीमान पुर्पक्षका लागि थुनामा समेत गरेका छन् ।

 


  •  
  •  
  •