प्रचण्डले भने : पहिला भोटे ताल्चा खोलौ, अनि वार्तामा आउँछौ

725
  •  
  •  
  •  

prachandaपोखरा, ५ फागुन (ओएनएस) : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले संविधानसभामा लगाएको ताल्चा खोल्ने बित्तिकै वार्तामा बस्ने बताएका छन् ।

बहुमतिय प्रक्रियामा जाने गरि सहमतिविरुद्ध ताल्चा पनि लगाउने र वार्तामा पनि बसौ भन्ने कुरा एका–अर्काका विपरित भएको उनले तर्क गरे । ‘संविधानसभामा भोटे ताल्चा लगाएर वार्तामा आउ भनेर हु्ँदैन’ पोखरामा पत्रकारहरुसँग उनले भने ‘पहिला भोटे ताल्चा खोलौ अनि वार्तामा आउँछौ ।’

उनले सत्तापक्षका नेताले जनादेश र मतादेशको द्वन्द्वमा कांग्रेस एमालेले शान्ति सम्झौता, १२ बुँदे समझदारी र अन्तरिक संविधानका मर्म कुल्चेर अघि जान नसक्ने बताए ।

संविधानसभाबाट संविधान बनाउने ऐतिहासिक सम्झौता अनुसार नै भएकाले सहमति विपरित जान नमिल्ने बताए । आन्दोलनका कारण अहिलेका मुद्दा स्थापित भएकाले आन्दोलनबाटै फेरि पनि लडाई सुरु हुने बताए ।

उनले एमाओवादी कोटामा सभासद नियुक्त भएका ल्हारक्याल लामासँग नलिएको बताए । उनले लामालाई समानुपातिक सुचीमा राख्दा मौन बसेकाहरुले सभासद नियुक्त हुँदा विरोध गर्नुको कुनै तुक नभएको पनि बताए । प्रचण्डले पैसा लिएको भन्ने आरोप पुष्टि गर्न चुनौती दिदै पुष्टि भए जस्तोसुकै कारवाहि गर्न तयार रहेको बताए । यसअघि प्रचण्डले ५ करोड लिएर लामालाई सभासद बनाएको आरोप लागेको थियो ।


  •  
  •  
  •