प्रचण्डलाई पार्टीको घर

541
  •  
  •  
  •  

काठमाडौं, साउन ७ – एमाओवादीले अध्यक्षका लागि स्थायी निवास बनाउने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल हाल लाजिम्पाटस्थित भाडाको घरमा बस्दै आएका छन् ।

केन्द्रीय नेतालाई सवहारा जीवनशैली मा उद्यत गराउन बनेको आचारसंहिता प्रस्तावमा अध्यक्षका लागि राजधानीमा स्थायी बसोबासको व्यवस्था मिलाउने उल्लेख छ ।

दाहाल सुविधासम्पन्न घरमा बसेको भन्दै पटक पटक आलोचना भएपछि पार्टीले नै उपलब्ध गराउने उपाय खोेजिएको हो ।

एमाओवादीले २० बुदेँ आचारसंहिता तयार गरेको छ । २० बुदेँमा हरेक महिना नेताहरु अनवार्य श्रममा खट्नुपर्ने, केन्द्रीय सदस्यले परिवारको सम्पत्ति विवरण बुझाउनुपर्ने तथा जिम्मेवारी नभएका नेता राजधानी बस्न नपाइने लगायतका विषय समेटिएको छ ।

कान्तिपुर दैनिक


  •  
  •  
  •