एमाले आफ्नो प्रस्तावमा फर्के सहमति हुन्छ : प्रचण्ड

305
  •  
  •  
  •  

prachandaबिराटनगर, २४ माघ (ओएनएस) : एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुपहिचान सहितको संघियतामा सहमति गरी सहमतिमा संविधान जारी गर्न सकिने बताएका छन् । उनले एमालेले संविधान सभा निर्बाचन अगाडि प्रस्तावित गरेको प्रस्तावमा फर्के गर्न सकिने बताए ।

सुनसरीको इटहरीमा आज क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले काग्रेस र एमालेले सहमतिमा संविधान जारी गर्न तयार भए आन्दोलन छोडेर वार्तामा बस्ने बताए । बार्ता र छलफलको माध्यमबाट पहल गरे बहुपहिचान सहितको संघियतामा एमाओवादी सहमति गर्न तयार भएको उनको भनाई छ ।

बहुभाषिक, बहुसांस्कृतिक र बहुजाति रहेको मुलुकमा एकल जातिय राज्य एमाओवादीले पनि स्विकार नगर्ने बताउदै कांग्रेस र एमालेले एमाओवादीलाई एकल जातिय कुरा गरेको झुटो आरोप लगाइरहेको बताए ।

उनले काग्रेस र एमालेले बहुजातिय मुलुकमा एकल जातिय कुरा गरेर विभिन्न जातजातीहरुलाई भिडाउन खोजेको आरोप लगाए । एकल जातिय प्रदेश एमाओवादीले पनि नचाहेको उनले बताए । बहुपहिचान सहितको संविधान र संघियताको पक्षमा सहमति गर्न बाताबरण मिलाए एमाओवादी वार्तामा बस्ने उनको भनाइ छ ।


  •  
  •  
  •