पेलेर जाने हो भने वार्तामा बसिँदैन : प्रचण्ड

279
  •  
  •  
  •  

prachandaविराटनगर, २३ माघ (ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलले सहमतिमै संविधान बनाउने ग्यारेन्टी गरे जुनकुसै बेला वार्तामा बस्न तयार रहेको बताएका छन् ।

विराटनगर विमानास्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सत्तारुढ काँग्रेस-एमालेले पेलेरै प्रक्रियामा गए वार्तामा नबस्ने स्पष्ट पारेका छन् ।

सुनसरीमा कार्यकर्ता भेललाई संबोधन गर्न विराटनगर आईपुगेका प्रचण्डले संविधान निर्माणका विवाद अन्त्यको लागि सहमतिमै संविधान आउनुपर्ने बताए । उनले प्रक्रियाबाट संविधान आउदा सबैको भावना नसमेट्ने भएकाले सहमतिमा संविधान आउनुपर्ने बताए ।

प्रचण्डले सहमतिमा संविधान ल्याउन काँग्रेस एमालेका नेताहरु सकारात्मक नभएको पनि बताए । उनले गिरिजाप्रसादले आफ्ना कुरा सुन्ने भएका हुँदा विगतका सम्झौत भएको बताउँदै अहिलेका नेताहरुले आफ्ना कुरा नसुनेको बताए ।

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधान निर्माण प्रक्रिया रोके मात्र वार्ता गर्ने अडान लिइरहेको बेला सत्तारुढ दलले प्रक्रिया र वार्ता सँगसँगै अघि बढाउने पुरानै रटान लिइरहदा राजनीतिक गतिरोध बढ्दो छ ।

संविधानसभामा प्रश्नावली निर्माण समिति गठनपछि रुष्ट बनेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले उक्त निर्णय फिर्ता नभएसम्म वार्ता नगर्ने बताउँदै आएको छ । देशव्यापी आन्दोलन घोषणा गरेको विपक्षीले संविधानसभाका समेत बहिष्कार गर्दा संविधान निर्माण प्रक्रिया अन्योलग्रस्त छ ।


  •  
  •  
  •