प्रचण्डले भने : ओली लगायतका नेताहरु माओवादीले संविधानसभा छाडोस् भन्ने चाहान्छन्

273
  •  
  •  
  •  

prachandaकाठमाडौं, १५ माघ (ओएनएस) :  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपीले ओली लागायतका काँग्रेस–एमालेका केहि नेताहरुले आफुहरुले संविधानसभा छाडोस् भन्ने चाहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहिबार बसेको केन्द्रीय समितिमा प्रचण्डले आफुले सहमतिमै संविधान जारी गर्न चाहेपनि ओली लगायतका नेताहरु सहमति भाड्ने खेलमा लागेको बताएका हुन् । प्रचण्डले संविधान निर्माणमा देखिएका समस्याहरुका साथै पछिल्लो राजनीतिका विषयमा जानकारी गराउने क्रममा ओलीले सहमति भाँडेको भन्दै ब्रिफिङ गरेको एक नेताले जानकारी दिए ।

बैठकपछि माओवादी प्रवक्ता दीनानाथ शर्माले प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘१२ बुँदे सहमति हुँदै गतवर्ष तीन दलबीच भएको चार बुँदे सहमतिको मर्मविपरीत सत्तारुढ दल अघि बढेकाछन् ।’

संविधानसभाबाट संविधान बनाउने पक्षमा सुरुबाटै लागि परेको र अहिले पनि प्रतिवद्ध रहेको भन्दै अध्यक्ष प्रचण्डले संविधान निर्माणमा सहमतिको सिद्धान्त त्यागेर कांग्रेस–एमाले अघि बढेको पनि प्रचण्डले बताएको प्रवक्ता शर्माले जानकारी दिए ।

बैठकले आफ्नो नेतृत्वको मोर्चाको आन्दोलन, संविधान निर्माण्ँमा पार्टीको भूमिकालगायतका विषयमा तल्लो तहसम्म छलफल चलाउने निर्णय गरेको छ । प्रचण्डले प्रस्ताव निर्माण समिति फिर्ता नभएसम्म संसदीय दलको बैठकमा भाग नलिने र सरकार र संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सहयोग नगर्न कार्यक्रम भएको जानकारी गराएको शर्माले बताए ।

बैठकले संविधानसभाका पाँचवटा विषयगत समिति र व्यवस्थापिका संसदको १४ वटा विषयगत समितिमा एक महिना सहभागिता नभई जनतासँग जाने निर्णय गरेको शर्माले जनाए ।

बैठकमा प्रचण्डले समसामयिक राजनीतिको विषय धारणा राखेपछि राज्य समिति इन्चाजहरुले पछिल्लो राजनीतिबारे धारणा राखेका थिए । उनीहरुले जनता अहिले सडकमा नआएको र सडकमा आउने वातावरण बनाउनु पर्ने धारणा राखेका थिए । केन्द्रीय समितिको बैठक आगामी शनिबार बस्नेछ ।


  •  
  •  
  •