‘सभाध्यक्षले कलंकको टीका लगाउनुभयो’

547
  •  
  •  
  •  

prachandaसभाध्यक्षले जसरी प्रस्ताव प्रस्तुत भयो, यो सामान्य प्राविधिक कुरा मात्र नभएर यसले संविधानसभाको मुल मर्ममाथि प्रहार गरेको छ । यसले शान्ति सम्झौताको सम्पूर्ण भावना माथि तरवार उज्याएको छ । विगतमा भएका सबै सहमति, सम्झौता र अन्तरिम संविधानको मर्ममाथि पनि प्रहार भएको छ ।

यो निर्णयले संविधानसभा भित्र ठूलो विभाजन गर्दै सिंगो समाजलाई विभाजित गर्ने र दुई कित्तामा बाँड्ने काम गरेको छ । यसले नेपालको ऐतिहासिक र युगान्तकारी परिवर्तनलाई पछि धकेल्ने, प्रतिगमनमा लैजाने र नेपाललाई नराम्रो द्वन्द्वमा फसाउने प्रक्रियाको सुरुआत गरेको छ । हामी नेपाली जनताको परिवर्तनको चाहानाअनुसार देशका उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, वर्ग र समुदायको भावना अनुसार यो महाभूल जो आज भएको छ । सबै नियम परम्परा, मूल्य मान्यता मिचिएको छ ।

सभाध्यक्ष एउटा पार्टीको प्रवक्ताको रुपमा प्रस्तुत भएका छन् । उनको तटस्थता, नैतीकता र गरिमा ध्वस्त भएको छ । संविधानसभाको औचित्यमाथि नै प्रश्न उठाउने काम भएको छ । हामी १९ दलको तर्फबाट यसको प्रतिवाद गर्दै आएका थियौं र हामीले निरन्तर सहमतिको भावनाअनुसार हिजो शान्ति सम्झौता, मधेश अन्दोलन, जनजाति आन्दोलन, दलित, महिला, मुस्लिमलगायत सबै वर्ग समुदायसँग भएको सहमति अनुसार संविधान बनोस भन्ने प्रयत्न गर्यौं ।

तर, मुलुकलाई प्रतिगमनतिर लैजाने र देशलाई फेरी अर्काे द्वन्द्वतरि लैजाने काम रोक्नका निम्ति हामीले प्रयत्न गर्याै । तर अन्ततः बडो बिचित्र, संविधानसभा भित्र सयौंको संख्यामा मर्यदापालक परिचालन गरेर, यसलाई एउटा व्यारेकमा परिणत गरेर, जबरजस्ती नियम मिचेर देशलाई द्वन्द्वमा लैजाने कामको सुरुवात भएको छ । हामी यसको अन्तिम सयमसम्म प्रतिवाद गरिरहने छौ ।

नेपाली आम नेपाली जनताको बीचमा गएर ठूलो प्रतिक्रान्ति, प्रतिगमनमा लैजाने, देशलाई फेरि निरंकुशतातर्फ धकेल्ने, यो देशको मुठीभर सामन्तहरु, दलालहरु, एउटा त्यस्तो वर्ग जसले उच्च जातीय अहंकारवादलाई प्रर्दशित गरेको छ, त्यसका बिरुद्ध नेपाली जतालाई हामी अपील गर्नेछौं ।

यो प्रतिगमनबिरुद्ध र यो प्रतिकान्तिकारीक् हर्कत जो गरिएको छ, त्यसले नेपाली जनताका जसमा हजारौ शहिदहरु, बेपत्ता योद्धाहरु, घाइते आपांगहरु र लाखौं करोडौं जनताको भावनामा प्रहार भएको छ । हामी जनताको बीचमा गएर यसको प्रतिवाद गर्नेछौं ।

एउटा कलंकको टीका आज सभाध्यक्षले पनि लगाउनु भएको छ । अघिल्लो पटक हामी ठुलो पार्टी थियौ । मेरो हातमा दुई तिहाई बहुमतको हस्तक्षर भएको फाइल पनि थियो । म आफै त्यति बेला विवाद समाधान समितिको संयोजक थिए । त्यसबेला एउटा बैठक राख्नुस्, अध्यक्षको रुपमा एउटा बैठक राख्नुहोस् अध्यक्षको कर्तव्य हुन्छ भन्दा बैठक नराख्ने यहि सभाध्यक्ष हुनुहुन्छ ।

सिंगै तीन वर्ष छ संविधसभाको अवधि,  तर पार्टी प्रवक्ताको रुपमा नियम कानुन मिचेर जुन काम गर्नु भएको छ, यसको परिणम राम्रो हुने छैन । अब निस्कने नेपाली समाजलाई विभाजित गरेर, संविधानसभालाई विभाजित गरेर, देशलाई फेरि एकपटक द्वन्द्वमा धकेलेर निस्कनने कुनै पनि परिणामको जिम्मेवार नेपाली काँग्रेस, एमाले र सभाध्यक्ष हुनुपर्छ । प्रस्ताव समितिले दिएको पाँच दिनको समयको कुनै अर्थ छैन ।

(एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभामा २०७१ माघ ११ गते प्रस्ताव समिति गठन भएपछि पत्रकारहरुलाई दिएको प्रतिक्रियाको पूर्णपाठ)


  •  
  •  
  •