प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

172
  •  
  •  
  •  

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शंकरदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गरेका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे। त्यसलगत्तै उनले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा पुगेर नेकपाका संस्थापक महासचिवलाई स्मरण गरे ।

त्यसपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उनले शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरे । त्यसलगत्तै उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका हुन् ।

पदभार ग्रहण गर्दै प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णय गरेका छन् ।


  •  
  •  
  •