‘मुठभेड संविधानसभाभित्रै’

442
  •  
  •  
  •  

काठमाडौं ४ माघ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले कांग्रेस एमालेले जबरजस्ती गरे संविधानसभा भित्रै मुठभेड हुनसक्ने चेतावनी दिएका छन्। काग्रेस-एमालेको अहंकारले संविधानसभा भित्रै मुठभेड निम्तिएर मुलुकमा गम्भीर दुर्घटना हुन सक्ने आशंका दाहालले व्यक्त गरेका छन्। अलग-अलग घोषणापत्र र चुनाव चिन्हमा निर्वाचन लडे पनि दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस-एमालेले मोर्चाबन्दी सुरु गरेको आरोप दाहालको छ।

‘संविधानसभा भित्रै ठूलो राजनीतिक मुठभेड हुने खतरा पैदा भएको छ,मुलुक अराजकतातिर जाने खतरा छ’नागरिक समाजका अगुवाहरुसँग शनिबार ललितपुरमा आयोजित कार्यक्रममा दाहालले भने’विगतमा ज्ञानेन्द्र शाहलाई आए जस्तै अहंकार दम्भ कांग्रेस एमालेमा चुलिएको छ।’ आफूहरु सहमतिमा संविधान निर्माण गर्नु र्ने पक्षमा रहेको स्पष्ट पार्दै दाहालले भने, ‘कांग्रेस-एमालेका नेताहरुले पेलेरै संविधान निर्माण प्रक्रियालाई लैजानु भयो भने समाज नराम्रोसँग बिभाजित हुनेछ। विनाशकाले विपरित बुद्वि जस्तो हुँदैछ।’

नागरिक अगुवा डा सुन्दरमणि दीक्षितले बन्द हडताल नगरिदिन गरेको आग्रहको जवाफ दिदै दाहालले आफूहरुले अहिले पनि मुलुकमा द्वन्द निम्त्याउन नचाहेको र आन्दोलन र बन्द हडताल गर्नु आफूहरुको बाध्यता भएको बताए। पहिचान झल्किने संघीयतालाई काँग्रेस एमालेले सुन्नै नचाहेको,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपमा संविधानसभा निर्वाचनमा मत मागेको एमाले त्यहाँबाट पछाडि फर्किएको,जातीय पहिचानको गन्धन नै सुन्न नचाहेका कारण सहमति हुन नसकेको पनि दाहालले प्रष्टयाए।

‘विभेद,उत्पीडन र असमानताको समस्या समाधानका लागि नेपालमा नयाँ संविधान चाहिएको छ। संविधान नै नभएर नयाँ संविधान बनाउन लागिएको होइन’दाहालले भने’मुलुक फेरी पनि राजनीतिक द्वन्दतिर जान लागेकोमा मलाई चिन्ता छ।’

नागरिक अगुवा दमननाथ ढुंगानाले समय लिएर भएपनि राम्रो संविधान ल्याउन र द्वन्द ननिम्तयाउन नेताहरुको ध्यानाकर्षण गराएका थिए। मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माघ ८ गतेपछि काँग्रेस एमालेको गठबन्धन टुटने आशंका व्यक्त गरे। तर उनले त्यसको थप व्याख्या भने गरेनन। मधेशीलाई अधिकार दिदा मुलुक बिखण्डन हुने मानसिकता काँग्रेस एमालेका नेताहरुमा रहेको बताउँदै यादवले भने’संविधानको संरचनामा सैद्वान्तिक सहमति नगरीकन उल्टो दिशाबाट संविधान निर्माण गर्न थालियो।’ उनले आफूहरुले स्वस्थ संविधान बनाउन चाहेको अपाङग संविधान बनाउन नचाहेको पनि स्मरण गराए।

विपक्षी नेताहरुले संविधान निर्माणका लागि १२ बुदे समझदारी,बिस्तृत शान्ति सम्झौता,अन्तरिम संविधान,मधेशी र जनजाति लगायत बिभिन्न समुदायसँग गरिएको सम्झौता,पहिलो संविधानसभाले तयार पारेका दस्तावेजलाई आधार बनाउनु पर्नेमा जोड दिएका थिए भने सत्ता पक्षका काँग्रेस नेता दीपकुमार उपाध्याय र एमाले सचिव प्रदीप ज्ञवालीले संविधान निर्माण प्रक्रियालाई बिपक्षी राजनीतिक दलहरुले अवरोध पुरयाइएको आरोप लगाएका थिए। संविधानसभालाई बन्धक बनाउन नहुने,प्रक्रियामा लगेर भएपनि संविधान निर्माण गरिनु पर्ने उपाध्याय र ज्ञवालीकोतर्क थियो। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •