संविधान बन्ने नबन्ने आज थाहा हुन्छ : प्रचण्ड

90
  •  
  •  
  •  

prachandaकाठमाडौं २४ पुस (ओएनएस) : एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माघ ८ मा संविधान आउने सम्भावना टरिसकेको बताएका छन् । उनले आज वार्तामा प्रगति नभए माघ ८ मा संविधान आउँछ भनेर नसोच्न आग्रह गरे ।

आफ्नै निवास लाजिमपाटमा ज्ञापन पत्र बुझाउँन पुगेका राष्ट्रिय मुस्लिम संघर्ष समितिको प्रतिनिधिमण्डलसंगप्रचण्डले नजिक पुगेको सहमति टाढा धकेलिदै गएको बताए । ‘दलहरुबीचको सहमतिको वातावरण केहिदिन यता बिथोलिएको छ’ उनले भने, ‘आज कति प्रगति हुन्छ संविधान आउने नआउने विषय त्यसमै निर्भर हुनेछ ।’

सहमतिको संविधान जारी गर्न प्रयास गरे पनि सत्ताधारी दलले प्रकृयामा जोड दिएकाले कुरा नमिलेको उनले बताए ।उनले अब बन्ने संविधानमा आदिवासी जनजाती, दलित, मुस्लिमका हकअधिकार सुनिश्चित हुने गरि राज्य पुनर्संरचना गर्न खाजेको पनि बताए ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका संयोजक शमीम अन्सारीको नेतृत्वमा गएको टोलीले संवैधानीक मुस्लिम आयोग बनाउन लगायतका माग राखेको छ । गठबन्धनले मुस्लिम समुदायका मुद्धाहरुसहितको १५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।


  •  
  •  
  •