‘ माघ ८ मा मस्यौदा जारी गर्न सकिए संविधान जारी गरेसरह’ : प्रचण्ड

248
  •  
  •  
  •  

काठमाडौं, २३ पुस (ओएनएस) : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ८ मा पहिलो मस्यौदा जारी गर्न सकिए पनि संविधान जारी गरेसरह हुने बताएका छन् ।

युवा सभासदहरुले निर्धारित मिति माघ ८ मै संविधान जारी गर्नको लागि दबाब दिन भेटेपछि प्रचण्डले संविधान जारी गर्न आफु दृढ रहेको बताउँदै तोकिएको मितिमा पहिलो मस्यौदा ल्याउन प्रयास भैरहेको बताएका हुन् ।

युवा सभासद्का तर्फबाट एमालेका प्रकाश ज्वालाले माघ ८ मा नै पूर्ण संविधान जारी गर्नुपर्ने माग सहितको ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई बुझाएका थिए ।

भेटमा प्रचण्डले भने ‘माघ ८ सम्ममा पहिलो मस्यौदा जारी गर्न सकियो भने पनि संविधान जारी गरेसरह हुन्छ । संविधानसभाका निम्ति आफ्नो दलले ठूलो बलिदान गरेकाले संविधानसभाबाट संविधान जारी नगर्ने विषयमा कहिल्यै कल्पना गर्न सकिन्न । ’

गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्ने तथा समाजका सबै वर्गका आकाङ्क्षा सम्बोधन हुने गरी समयमै संविधान जारी गर्नुपर्नेमा उनले जोड दिए ।


  •  
  •  
  •