निजगढ विमानस्थल रोक्ने फैसला सर्वोच्चले पुनरावलोकन गर्न प्रचण्डको आग्रह

55
  •  
  •  
  •  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलालाई पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले यो फैसला सर्वोच्चले पुनरावलोकन गर्नुपर्ने बताए ।

सर्वोच्चको फैसला आकस्मिक रुपमा आएको भन्दै उनले जंगल नै नभएको ठाउँमा जंगल भएको दावी गरिएको र सोही आधारमा फैसला भएको टिप्पणी गरे ।

‘अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कयौ वर्षदेखि मेहनत गर्यौं, अर्बौ खर्च पनि भयो, अहिले बडो आकस्मिक लाग्ने गरी सर्वोच्चबाट त्यहाँ गर्न हुँदैन भन्ने फैसला आयो यो बडो अनौठो पनि र दुखद पनि लाग्यो ।’

उनले पर्यावरण अध्ययन गर्ने टिमलाई अध्ययन गर्न लगाएर फैसला पुनरावलोकनतिर जानुपर्ने बताए ।


  •  
  •  
  •