नेपाली कम्युनिष्टहरुलाई विश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने अवसर रहेको प्रचण्ड भनाई

81
  •  
  •  
  •  

काठमाडौं, ११ पुस (ओएनएस) :  एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुलाई विश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने अवसर भएको बताएक छन् ।

पार्टी मुख्यालय पेरिस डाँडा, कोटेश्वरमा माओको १२१ औं जन्म दिवसको अवसरमा आयोजित कार्यक्रममा भने ‘संसारमा सबैभन्दा बढि कम्युनिष्टहरुको प्रभाव रहेको देश नेपाल हो । त्यसैले नेपाली कम्युनिष्टहरुले नेपाली क्रान्तिको नेतृत्व गरेर विश्व कम्युनिष्ट आन्दोलनलाई टेवा पु¥याउन सकिन्छ ।’
उनले पहिले कम्युनिष्टहरु एकजुट हुनुपर्ने बताउनु भयो ।

विश्व कम्युनिष्ट आन्दोलनलाई नेपाली कम्युनिष्टहरुले बैचारिक रुपमा नेतृत्व गर्न सक्ने उनले बताए । सबै विभाजित माओवादीहरुलाई एकतावद्ध हुन आग्रह गरे ।

उनले अहिले प्रतिक्रियावादीहरु माओवादी आन्दोलनलाई टुक्राटुक्रा पारेर सिद्धाउन लागेको बताए । अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनमा अहिले नयाँ बहसको रहेको पनि उल्लेख गरे ।


  •  
  •  
  •