काठमाडौं, २० मंसिर (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा दलहरुबीच भएका सम्झौताहरु कार्यान्वय भए तोकिएकै मितिमा संविधान जारी हुने बताएका छन् ।
रिपोर्टर्स क्लबमा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले १२ बँुदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता लगायातका सहमतिको कार्यान्यवयन माघ ८ मा संविधान निर्माणको मुख्य आधार भएको स्पष्ट पारे । उनले संविधानसभा सामान्य संसदीय व्यवस्था नभएकाले अल्पमत तथा बहुमतको आधारमा निणर््ँय हुन नसक्ने तर्क गरे ।
‘संविधानसभा सामान्य संसद् होइन, त्यसैले अङकगणितको आधारमा निर्णय हुन सक्दैन, सहमतिमै विवादित बिषयलाइृ टुङगो लाग्नुपर्छ । यसमा दलहरु प्रतिबद्ध हुनुपर्छ । ’ उनले बताए ।
दलहरुबीच विगतमा नै संविधानका विवादित विषयमा सहमति भइसकेको जानकारी दिँदै उनले पूर्व सहमतिलाई कार्यान्वयन गर्ने कि नगर्ने भन्ने प्रश्न नै अहम् रहेको धारण व्यक्त गरे । विवादित बिषय मिश्रित बनाउनुपर्ने र ती आधारहरु पूर्व सहमतिमै उल्लेख गरिएको प्रचण्डले बताए । उनले संविधान निर्माणमा देखिएका शासकीय स्वरुप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणाली सबैलाई मिश्रित बनाउन सकिए विगतको जनयुद्ध र जनआन्दोलनको भावनासमेत समेटिने बताए ।
सबैभन्दा बढी विवाद देखिएको राज्य पुनःसंरचनामा समेत मिश्रित प्रणाली अवलम्बन गरेर पहिचान र सामथ्र्यलाई आत्मसात् गरिनुपर्नेमा उनले जोड दिए ।
दलहरुबीच सहमति भएको खण्डमा केही प्रावधानहरु निलम्बन गरेर भए पनि जनतासामु गरेको प्रतिबद्धताअनुसार संविधान लेखन प्रक्रियालाई टुङगोमा पु¥याउन सम्भव हुने उनको कथन थियो ।
फरक प्रसङगमा उनले राष्ट्रिय आवश्यकता शान्ति र संविधान भएकाले सो काम छोडेर नेकपा–माओवादीसँग एकता हुन नसक्ने धारणा सार्वजनिक गरे ।