काँग्रेस–एमालेभित्र गिरिजाबिरोधि हाबी भएकाले संबिधान निर्माणमा विवाद : प्रचण्ड

303
  •  
  •  
  •  

काठमाडौ, ८ मंसिर(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ पार्टीमा गिरिजाप्रसाद कोइराला बिरोधिहरु हाबी भएकाले संबिधान निर्माणमा प्रक्रिया भाड्ने षड्यन्त्र भैरहेको आरोप लगाएका छन् । एमओवादी नेतृत्वको २२ दलीय मोर्चाले सोमबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले आफु र गिरिजा मिलेर गरेको सम्झौता भड्न सत्तापक्ष लागि परेको बताएका हुन् ।

प्रचण्डले भने ‘तीन दलको बैठकमा रामचन्द्र पौडेल लगायतका नेतहरुले धर्म निरपेक्षता, संघिता आफुको मुद्दा नभएको बताउनुहुन्छ, जबरजस्ती माओवादी ल्याएको भन्नुहुन्छ, जसले काँग्रेस एमालको नियतमा शंका उत्पन्न भएको छ । ’

उनले सत्ता पक्षले बिगतमा गरेको सम्झौता बिपरित संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्ताव ल्याएर राजनीतिक मुठभेड ल्याउन खोजेको आरोप लगाए । प्रचन्डले गणितीय खेलमा लागेका सत्तापक्षले सात प्रदेससहितको प्रस्ताव फिर्ता नलिए सार्क सम्मेलनपछि काँग्रेस–एमालेबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

शनिबार राति कुनै सम्झौता नभएको बताउँदै प्रचन्डले काँग्रेस–एमालेको प्रस्तावलाई अनुशुचीमा राख्न सकिने बिषयमा मात्र छलफल भएको बताए । यता मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मधेशी दल सरकारमा जाने कुरा हल्ला मात्र भएको बताए ।


  •  
  •  
  •