संसदमा विश्वासको मत माग्ने नैतिकता प्रधानमन्त्रीलाई छैनः प्रचण्ड

74
  •  
  •  
  •  


काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैले विघटन गरेको संसदमा विश्वासको मत माग्ने नैतिकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको बताएका छन् ।
सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई विश्वासको मत प्राप्त नहुने र यो विश्वास स्वयम् ओलीलाई पनि नभएको बताए। उनले ओलीलाई राजीनामा दिएर नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न पनि आग्रह गरे।

प्रचण्डले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने स्थिति छैन। प्रधानमन्त्रीले अघि मतको लागि आग्रह गर्नुभएको छ। तर उहाँलाई पनि राम्रोसँग थाहा छ, यो सदनले उहाँलाई विश्वासको मत दिँदैन। उहाँले बुझ्दाबुझ्दै पनि अपिल गर्नुभएको छ। यो उहाँको अपीललाई लोकतान्त्रिक प्रक्रियाको रुपमा सम्मान नै गर्न चाहन्छु ।’

ओलीको कार्यशैलीकै कारण विश्वासको मत प्राप्त गर्ने स्थिति नभएको भन्दै उनले बरु ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन मार्ग प्रशस्त गर्न विगतमा पनि आग्रह गरेको र अहिले पनि त्यही सुझाव दिने उनले बताए। ओलीलाई अहिले पनि संसद विघटनको निर्णय सही नै लागेको उनले बताए।
‘म खुसी छैन। के सोचेर संविधान बनायौं र अहिले तीन वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले भने, ‘सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको बताए।


  •  
  •  
  •