देशको राजनीति असहज र अस्वाभाविक रुपमा अघि बढेको छः प्रचण्ड

44
  •  
  •  
  •  


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति असहज र अस्वाभाविक रुपमा अघि बढेको बताएका छन्।

चितवनको माडी नगरपालिका स्तरको वाईसीएल भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि नै प्रहार गरेर परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,‘केही समयदेखि देशको राजनीति निकै असहज र अस्वाभाविक रुपमा अघि बढेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै हमला गर्ने दुष्साहसहरु भएका छन्। संविधानको जुन समावेशी र समानुपातिक चरित्र छ, त्यसमाथि हमालको प्रयास भएको छ।’

७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भएको उनको भनाइ छ। अहिलेको सत्ताको प्रमुख निसाना आफू र माओवादी आन्दोलन भएको उनको आरोप छ।


  •  
  •  
  •