सरकारले सुकुम्बासी आयोगलाई भर्तीकेन्द्र बनायो – प्रचण्ड

245
  •  
  •  
  •  

prachandaकाठमाडौं ४ मंसिर (ओएनएस): एमओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी आयोगलाई सरकारले भर्तीकेन्द्र बनाएको आरोप लगाएका छन् ।

राष्ट्रिय भूमिहिन अधिकार मञ्चको महाधिवेशमा प्रचन्डले भने ‘ १२ बुँदै सहमति, विस्तृत शान्ति साम्झौता र अन्तरिम संविधानको भावना र मर्मविपरित सरकारले मनोमानी ढंगबाट काम गरेको छ । ’

प्रचन्डले सरकारले सुकुम्बासी, भूमीहिन र अव्यवस्थित बासोबासमा गोलमटभोल गरेको र कार्यतकर्ता भर्तीकेन्द्र बनाएको बताए ।

साथै प्रचन्डले एमओवादी विगतका सम्झौता अनुरुअघि बढे पनि सत्तारुढ दलहरु बहुमतीय खेलमा लागेको आरोप लगाए ।

नेपालमा २०४६ पछि अहिलेसम्म १२ पटक सुकुम्बासी आयोग बने पनि हालसम्म सुकुम्बासी समस्या समाधान हुन सकेको छैन ।


  •  
  •  
  •