ओलीको व्यवहार विक्षिप्त मानसिकताको उपजः प्रचण्ड(भिडियोसहित)

37
  •  
  •  
  •  


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार विक्षिप्त मानसिकताको उपज भएको आरोप लगाएका छन्।
प्रचण्ड–माधव समूहको काठमाडौं जिल्ला कमिटीले गरेको सभामा प्रधानमन्त्रीले नौटंकी गरेको बताए। ओली पक्षको अभिव्यक्तिलाई ‘पोलिटकल जोक्कर’ को प्रचण्डले संज्ञा दिएका छन्। दुई तिहाइ विना विधान संशोधन गर्ने अधिकार ओली समूहलाई नभएको दाबी गरे। निर्वाचन आयोगले नेकपा र सूर्य चिन्ह आफ्नै बताए। ओलीले जस्तै संवैधानिक निकायले निर्णय गरे राजनीतिक आधिंहुरी आउने उनले बताए।
प्रचण्डले आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको दावी गरे। प्रधानमन्त्री ओलीले आफूहरुलाई भगौडा भनेको प्रश्नको जवाफमा प्रचण्डले उल्टै ३० प्रतिशतमात्रै केन्द्रीय सदस्य रहेको ओली समूहनै भगौडा समूह भएको बताए ।
‘‘उहाँ (केपी ओल)ले हामीलाई भगौडा भन्नुभएछ। ३० प्रतिशत पनि नभएको रैनाथे, ७० प्रतिशत हुने भगौडा हुने ?, अध्यक्ष प्रचण्डले भने।

१४१ जनाको केन्द्रीय समितिमा १० जना जुटेर ११ सय भन्दा बढीको केन्द्रीय सदस्य बनाउने विक्षिप्त मानसिकता भएको बताए। अध्यक्ष प्रचण्डले ओली समूहलाई राजनीतिक जोकरको संज्ञा दिएका छन्।

भिडियो


  •  
  •  
  •