काठमाडौं । नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् । दाहाल सोमबार नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट भारत प्रस्थान गरेका हुन् ।
सीताको उपचार मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने बताइएको छ ।
सीता दाहाल लामो समयदेखि पार्किन्सनजस्तो देखिने रोगवाट पीडित छिन् । मेडिसिटी अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि भारत लगिएको हो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो। पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।