प्रचन्डले भने ‘बाबुरामलाई हटाइयोस्’

139
  •  
  •  
  •  

praकाठमाडौं, २८ कात्तिक (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले आफुहरुको प्रस्ताव काँग्रेस–एमालेले नमानेको भन्दै संबैधानीक राजनीतिक संवाद तथा सहमति समितिमा बाबुराम भट्टराईलाई हटाउन चुनौती दिएका छन् ।

शुक्रबार बसेको समितिको बैठक चालिरहदा बाहिरिएका प्रचन्डले सहमतिको लागि ल्याएको प्रस्ताव काँग्रेस–एमालले नमान्ने हो भने भट्टराईलाई हटाएर आफै सभापती बन्न चुनौती दिएका हुन् ।

‘पछिल्लो ५ बर्षदेखि स्हमति हुन सकेको छैन, अब ५ दिन छलफल गरेर सहमति गरौ भन्दा काँग्रेस एमालले मान्नुहुन्न, यसले उहाँहरु सहमतिको पक्षमा हुनुहुन्न भन्ने हामीलाई लागेको छ ।’ बैठकबाट बाहिरिएपछि प्रचन्डले भने ‘सहमति नगर्ने हो भने सभपती हटाएर आफै बने हुन्छ । ’

यसअघि शुक्रबार बिहान भएको छलफलमा माओवादीले केहीदिन समय मागगरि सहमति सहितको प्रतिवेदन बुझाउने पर्ने प्रस्ताव गरेकोमा सत्तासिन दलले अस्वीकार गरेका थिए । छलफलमा प्रचन्डले पा“च दिनसम्म संबैधानिक राजनीतिक संबाद समितिको बैठक स्थगित गरेर तीनदलमा सहमतिको प्रयास गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

कांग्रेस एमालेले सहमतिको नाममा फेरि म्याद थप्ने र समय खेर फाल्ने षड्यन्त्र भएको आरोप लगाउँदै तत्काल प्रस्ताव अस्वीकार गरेका थिए । बैठकपछि कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीले छिटो सहमति टुङ्ग्याउन भन्दा लम्ब्याउन चाहेको प्रतिक्रिया दिएका थिए ।


  •  
  •  
  •  

Comments are closed.