दाहाल–नेपाल समूहले आधिकारिता र चुुनाव चिह्न दाबी गर्दै आयोगमा बुझायो ज्ञापनपत्र

666
  •  
  •  
  •  

तस्बिरः बिना मगरको फेसबुकबाट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिता र चुुनाव चिह्न दाबी ज्ञापनपत्र बुुझाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेता आयोगमा पुगी प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियालाई ज्ञापनपत्र बुुझाएको हो ।
सो अवसरमा अध्यक्ष दाहालले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको बताउँदै दलको आधिकारिता र चुुनाव चिह्न आफूूले पाउनुपर्ने माग गरेका थिए। अर्का अध्यक्ष नेपालले पार्टीको आधिकारिकता र चुुनाव चिह्नबारे कानूून र विवेकसम्मत ढङ्गबाट निर्णयमा पुुग्न आयोगलाई सुुझाव दिए ।


  •  
  •  
  •