ओलीले पार्टी फुटाउन प्रस्ताव गरेका ‘प्रचण्ड’को बिफ्रिङ

84
  •  
  •  
  •  

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको सङ्घारमा पुगेको बताएका छन् । आइतबार आफ्नै निवास खुमलटारमा प्रचण्डले पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गरेका हुन् ।

बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको बताए ।
भेलामा सहभागी एक सदस्यका अनुसार ओलीले पार्टी अलग–अलग तरिकाले अघि बढाउने प्रस्ताव प्रचण्डलाई गरेका बिफ्रिङ भएको छ । उनका अनुसार ओलीले सँगैसँगै अघि बढ्न नसक्ने भए छुट्टाछुट्टै पार्टी चलाउने प्रस्ताव प्रचण्डलाई गरेका हुन् ।

शनिबार ओली र प्रचण्डबीच बढ्दो विवादका विषयमा छलफल भए पनि सकारात्मक निष्कर्ष निस्किएको थिएन । यसअघि ओलीले एकलौटी ढङ्गले निर्णय गर्ने गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका प्रचण्डले ओलीसँग छलफल गर्न नै छाडेका थिए ।

आइतबारको भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा सहभागी थिए ।


  •  
  •  
  •