प्रचण्डको विचारहरू समेटिएको पुस्तक ‘गणतन्त्रको पहिलो दशक’ सार्वजनिक

382
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’द्वारा व्यक्त विचारहरूको संगालो पुस्तकको रुपमा प्रकाशित भएको छ ।

संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डले व्यक्त गरेका विचार सम्पादनपछि संग्रहित ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको हो । पुस्तकमा २०६५ सालदेखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका संसदमा प्रचण्डद्वारा व्यक्त विचार विभिन्न ४२ शीर्षकमा समेटिएका छन् ।

लामो भूमिगत जीवन बिताएर २०६३ सालमा सार्वजनिक भएका प्रचण्ड २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको चुनावपछि संसदीय यात्रामा प्रवेश गरेका थिए। पहिलो संविधानसभाको चुनावमा माओवादी सबैभन्दा ठूलो दल भएपछि उनी प्रधानमन्त्री बनेका थिए। तर, सरकार ९ महिनाभन्दा बढी टिकेन।
सोही संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो।

ु२४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधान अन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको छु, प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ।

प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तकमा ३८५ पृष्ठहरु रहेका छन्। पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।


  •  
  •  
  •