संशोधनबिना एमसीसी पास हुँदैनः प्रचण्ड

73
  •  
  •  
  •  

जनकपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) संशोधनबिना संसदबाट पास गर्न नसकिने बताएका छन् ।

जनकपुरमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले एमसीसी परियोजनाका केही प्रावधान नेपालको हित अनुकूल नरहेकाले भन्दै अहिलेकै अवस्थामा यसलाई संसदबाट अनुमोदन गर्न नसकिने बताए ।

एमसीसीबारे नेकपाभित्रै विवाद उठेपछि १५–१९ माघमा सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयजकत्वमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

एमसीसीबारे अध्ययनका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन सचिवालय बैठकमा छलफल भएपछि केही बुँदा संशोधन गर्नुपर्ने अवस्था आएको प्रचण्डले बताए ।


  •  
  •  
  •