सीमा विवादका विषयमा देउवाले झुट बोले : प्रचण्ड

45
  •  
  •  
  •  

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँगको सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको स्पष्ट पारेका छन् ।

सभापतिले नै यसरी नै झुट बाल्दै जाने हो भने कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बदन्ती बन्ने अवस्था आउने उनको भनाइ छ ।

देउवाले केहि दिन अघि कास्कीको चुनावी सभालाई सम्बोधन गर्दै भारतले ओलीसँग सल्लाह गरेरै नेपाली भूभाग समेटेको नक्सा सार्वजनिक गरेको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा देउवाले सरकारले राम्रो सुरुआत गरेको भन्दै प्रतिपक्षको साथ रहने बताएको दाहालले स्मरण सुनाए ।

उनले पहिलो पटक नेपालमा राष्ट्रियताका विषय सिंगो देश एक जुट भएका बेला कांग्रेस नेताहरुले झुटको खेती गरेको भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठकमा समेत कालापानी नेपाली भूमि रहेको भन्दै सबैको एक स्वर भएका बेला कांग्रेसले भ्रम छरिरहेको बताए ।

अध्यक्ष दाहालले कास्की–२ का उमेदवार खेमराज पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको भनेर टिप्पणी समेत गरे । उनले नेकपालाई भारी मतले जिताउन आग्रह गरे ।

उनले प्रतिक्रियावादीले रातिराति लुकिछिपी षड्यन्त्र गर्न सक्ने बताउँदै आफू विजयजुलुसमा समेत सहभागी हुन चाहेको र निम्ता गर्न आग्रह गरेका थिए । त्यस्तै अध्यक्ष दाहालले वर्तमान सरकार पुरै पाँच वर्ष चल्ने दावी पनि गरे ।


  •  
  •  
  •