प्रचण्डको आक्रोस : ‘ओली महाराज हुन् की देशका ठेकेदार’

76
  •  
  •  
  •  

prachandaकाठमाडौँ, ६ पुस (ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध आक्रोसपूर्ण अभिव्यक्ति दिएका छन् ।

संविधानसभा हल नयाँ बानेश्वरमा आइतबार सभाध्यक्ष सुवासचन्द्र नेम्वाङसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले ओली देशको ठेकेदार नभएकोे तथा कुनै महाराजा नभएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् ।

आइतबार बिहान सडक आन्दोलन गर्ने १९ दलको निर्णय सभाध्यक्ष नेम्वाङलाई जानकारी दिएपछि प्रचण्डले भने ‘केपी ओली देशका महाराजधिराज पनि होइनन् , यो देशका ठेकेदार पनि होइनन् । ’

शनिबार भएको तीन दलको बैठकको बिचैमा उठेर हिडेको प्रति लक्षित गर्दै प्रचण्डले ओलीले पहिचान र जातीय मुद्दाबिरुद्ध बोलेर सहमति हुन नसकेको बताए । प्रचण्डले जातीय र पहिचानको मुद्दा सुन्न पनि नचहाने तथा यी मुद्दाको अवाज उठाउने मोर्चा विघटन गर्नको लागि ओलीले भनेपछि शनिबारको तीन दलको बैठकको बीचैमा उठेर हिडेको बताए ।

उनले प्रक्रियामा गएर संबिधान नबन्ने बताए । तोकिएको मितिमा संविधान बन्न सहमति हुनुपर्ने प्रचण्डको भनाई थियो । शनिबारको तीन दलको बैठकमा ओलीले संविधान निर्माणको लागि १९ दलको मोर्चा बन्दी गर्नु ठिक नभएको बताएका थिए ।

सहमति नभए प्रक्रियामा जानुपर्ने ओलीको भनाई सार्वजनिक भएपछि एमाओवादी लगायत विपक्षी दलहरु असन्तुष्ट भएका थिए । दलहरुबीच राज्य पुनसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली लगायतका बिषयमा विवाद बढ्दै जादा माघ ८ मा संविधान नआउने खतार बढ्दै गएको छ ।


  •  
  •  
  •