शक्ति लिन रोल्पा आए : प्रचण्ड

83
  •  
  •  
  •  

prachandaरोल्पा, कात्तिक २५ (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई संस्थागत गर्नको लागि दबाब दिनसक्ने शक्ति लिन रोल्पा आएको बताएका छन् ।

रोल्पाको होलेरीमा मंगलबार बिहान भएको कार्यकर्ता भेटघाटमा उनले पहिचानसहितको संबिधान नबन्ने हो भने परिवर्तन संस्थागत हुन नसक्ने बताउदै पहिचाह बिरोधिहरुलाई दबाब दिन जरुरी रहेको बताए । उनले कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै जनताको सपना साकार पारेरै छाड्ने प्रतिवद्धता जनाए ।

नेपाली कांग्रेस र एमाले विगतमा भएका शान्ति सम्झौताको भावनाअनुरुप अघि बढ्न नचाहेकोले संबिधान निर्माण प्रक्रिया अघि नबढेको उनले बताए । भेटघाट कार्यक्रममा प्रचाडलाई शहीद तथा बेपत्ता परिवार, घाइते र कार्यकर्ताले क्रान्ति सफल पार्न रगत बगाउनेहरुलाई पार्टीले बिर्सेको गुनासो गरे । प्रचण्डका साथमा महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन, स्थायी समिति सदस्य नन्दकिशोर पुनलगायत नेताहरू सहभागी छन् ।


  •  
  •  
  •