नेकपा नयाँ प्रक्रियामा जाँदैछ : प्रचण्ड

152
  •  
  •  
  •  

काठमाडौँ— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिद्धान्तमै बहस भइरहेका बेला उक्त दलका एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्राप्त उपलब्धीलाई सम्मान गर्दै नयाँ विचार अघि सार्नुपर्ने बताएका छन्।

तत्कालै समाजवाद स्थापना भइहाल्ने अवस्था नरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘ विचारलाई दम्भका रूपमा लिएको भए एकता हुने नै थिएन। हामीले अन्धो भएर एकता गरेका होइनौँ। हामी नयाँ प्रक्रियामा जाँदैछौँ।’ जनताको बहुदलीय जनवादलाई वैज्ञानिक समाजवादतर्फ लैजानुपर्ने आजको आवश्यकता भएको
शुक्रबार मदन भण्डारी र जीवराज आश्रितको २६ औँ स्मृतिसभालाई मदननगर बल्खुमा सम्बोधन गर्दै उनले भने।

उनले भने ‘एमालेको तत्कालीन नवौं महाधिवेशनले समाजवाद भने पनि तत्कालीन माओवादीले पनि समाजवादमा जाने भने पनि अहिले नै समाजवाद स्थापना भइहाल्ने स्थिति बनिसकेको छैन ।’

अहिले त्यो स्थिति नबनेको भए पनि हामीले संविधानमा नै समाजवादउन्मुख भनेर रणनीतिक रुपमा समाजवादको यात्रा तय गर्न सफल भएको पनि उनले बताए,

पार्टीको तत्कालको कार्यक्रम जनताको जनवाद भए पनि दीर्घकालीन रणनीति भने समाजवाद नै भएकाले यही वैचारिक धरातलमा पार्टी एकता भएको पनि प्रचण्डले बताए।


  •  
  •  
  •