प्रचण्डले दिए फेरि चेतावनी

159
  •  
  •  
  •  

prachandaकाठमाडौं, २१ कात्तिक (ओएनएस) :एकीकृत नेकपा माओेवादीका अध्यक्ष प्रचण्डले बिगतका सम्झौताबिपरित संबिधान लेखन प्रक्रिया अघि बढाए मुलुक गम्भिर दुर्घटनामा पर्ने चेतवानी पुन दिएका पुन छन् ।

संबिधानसभाको संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिमा नेपाली काँग्रेर र नेकपा एमालेसहितका चार सत्तारुढ दलले ७ प्रदेशसहितको साझा धारणा पेश गरेपछि प्रचण्डले मुलुक दुर्घटनामा पर्ने चेतावनी दिदै आएका छन् । उनले १२ बु‘दे सहमति, बिस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानबिपरित गएर संविधान लेखन प्रक्रिया अघि बढाउन नहुने बताएका हुन् ।

काठमाडौंमा शुक्रबार भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनको पहिलो विस्तारित सम्मेलनमा बोल्दै प्रचण्डले सम्झौत बिपरित दलहरु अघि बढ्दा देश संकटमा परेको बताए । साथै अध्यक्ष प्रचण्डले जनआन्दोलनको उपलब्धी खतरामा परेको बताए ।

संविधान निर्माण प्रक्रिया मौलिक भएको भन्दै १२ बु“दे सहमति, विस्तृत शान्ति सम्भौता र अन्तरिम संविधानको मर्म र भावनाविपरीत गएर संविधान बन्न नसक्ने बताए । अध्यक्ष प्रचण्डले त्यस्तो स्थितिमा मुलुक गम्भीर दुर्घटनामा पर्ने चेतावनीसमेत दिनुभयो ।


  •  
  •  
  •