हावाहुरीबाट भएको घटनाप्रति अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

359
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार साँझ बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आएको हावाहुरीबाट भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले मृतक परिवार तथा हावाहुरीबाट घरबार बिहिन परिवारहरुमा उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ठूलो मात्रामा धनजनको क्षति हुने गरी भएको सो घटनामा परी निधन हुनुभएकाहरुमा शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।’


  •  
  •  
  •