अध्यक्ष दाहाल पत्नी सीताको उपचारका लागि आज अमेरिका जाँदै

285
  •  
  •  
  •  

काठमाडौं, ३ चैत(ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि आज अमेरिका जाँदैछन । परिवारका केही सदस्यका साथ उनी अमेरिका जान लागेका हुन् ।


पार्किन्सन लगायत शारीरिक तथा मानसिक समस्याले ग्रस्त सीतालाई थप उपचारका लागि अमेरिका लैजान लागिएको हो ।
यसअघि भारत र सिंगापुरमा उपचार गरिएपनि अवस्थामा सुधार नआएपछि सीतालाई थप उपचारका लागि अमेरिका लैजान लागिएको हो ।
प्रचण्ड दम्पतिसँगै छोरीज्वाईं गंगा र जीवन आचार्य पनि अमेरिका जान लागेका हुन् ।
सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छन् । दाहाल दम्पतिका छोरा प्रकाशको गतवर्ष निधन भएपछि सीता थप कमजोर भएकी छन् ।


  •  
  •  
  •